सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध


 


काभ्रे, भदौ ९ । सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–८, बन्देउमा र पाँचखाल नगरपालिका–४ फेदीमा सुख्खा पहिरोले बाटो दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पहिरो हटाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार साना गाडीलाई वैकल्पिक बाटोबाट गन्तव्यतर्फ पठाइएको छ ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्