मालीमा राष्ट्रिय विपत्तिको घोषणा


 


एजेन्सी । मालीको सरकारले भारी वर्षाका कारण आएको बाढीपछि देशमा ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गरेको छ ।

गत जुन महिनामा वर्षायाम सुरु भएयता देशभरका करिब सात हजार ७७ घर बाढीबाट प्रभावित भएका छन् भने ४७ हजार ३७४ जना विस्थापित भएका छन् ।

राष्ट्रपति असिमी गोइटाले ‘प्राकृतिक विपत्ति’सँग जुध्न सरकारलाई करिब ६८ लाख अमेरिकी डलर बराबरको राहत सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् ।

सुरक्षा तथा नागरिक सुरक्षा मन्त्री दाउद अली मोहम्मदिनले राष्ट्रिय विपत्तिको अवस्था ‘एउटा धेरै महत्वपूर्ण निर्णय भएको र विपत्तिहरूको सामना गर्न राज्यको सबै स्रोतहरू परिचालन गरिने बताएका छन् ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्