खोलामा डुबेर दुई किशोरको मृत्यु


 


कपिलवस्तु, भदौ ९ । कपिलवस्तुको वाणगंगामा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

शनिबार फुटबल खेलर नुहाउन गएका दुई किशोरको बाणगंगा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसा मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा छन् । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पु¥याइएपनि अस्पतालले उनीहरुलाई मृत घोषित गरेको थियो ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्