साफ यू–२० च्याम्पियनसिप : आज नेपाल र भुटान भिँड्दै


 


काठमाडौं, भदौ ९ । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि सुरु हँुदैछन् ।

सेमिफाइनलको पहिलो खेलमा आज नेपाल र भुटान भिँड्दैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुनेछ ।

यस प्रतियोगितामा नेपाल समूह ‘ए’ का दुवै खेल जितेर समूह विजेता हुँदै सेमिफाइनल खेल्दै छ । नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै भुटान भने समूह ‘बी’ मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ ।

भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो भने भारतसँग १–० ले पराजित भएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका छ ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्