एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि


 


काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

११ गतेसम्म चल्ने बैठक आजदेखि थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरु हुने केन्द्रीय प्रचार समितिले जनाएको छ ।

समितिका अनुसार बैठकमा शपथग्रहण, केन्द्रीय संरचना निर्माण, पार्टी पदाधिकारी चयनलगायतका एजेन्डामा छलफल हुनेछ ।

पार्टीले यसअघि केन्द्रीय सदस्यहरूको टुंगो लगाए पनि पदाधिकारीको टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्