आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, भदौ ९ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र मधेश प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्