ढुंगा लागेर विद्यालयबाट फर्किरहेकी बालिकाको मृत्यु


 


हेटौँडा, भदौ ८ । मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।

विद्यालयबाट घर फर्किँदै गर्दा बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुङ्गाले लागेर बिहीबार ८ वर्षीया सुष्मा थिङको मृत्यु भएको हो ।

उनी साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा १ कक्षामा अध्ययनरत थिइन् ।

दिदी र साथीहरूसँग घर फर्किँदै गरेकी थिङको टाउको र खुट्टामा चोट लागेको थियो । बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्