विपद‍्मा परेर हालसम्म १९५ जनाको मृत्यु


 


काठमाडौँ, भदौ ८ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‍्मा परी हालसम्म एक सय ९५ जनाको मृत्यु भएको छ ।

प्रहरीको तथ्यांक अनुसार बाढी, पहिरोलगायतका विपद‍्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३६, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९५ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परी काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ५९ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ४७ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार बाढी, पहिरोका कारण काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी हालसम्म जम्मा २ सय १० जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्