इरानमा आइएसका १४ जना पक्राउ


 


तेहरान । इरानले आक्रमणको योजना बनाउँदै गरेका इस्लामिक स्टेट जिहादी समूहका १४ जनालाई पक्राउ गरेको जनाएको छ ।

इस्लामिक स्टेट–खोरासान, जिहादी समूहको अफगानिस्तान शाखा हो । खोरासानमा इरान, अफगानिस्तान र मध्य एशियाका केही भाग समावेश छन् ।

इरानको सरकारी समाचार एजेन्सीले पक्राउ परेकाहरुको राष्ट्रियता र पक्राउ गरेको मितिबारे भने उल्लेख गरेको छैन । उनीहरु केही दिनअघि आक्रमणको उद्देश्यले इरान आएको हुनसक्ने इरानले जनाएको छ ।

गत जनवरीमा सुन्नी मुस्लिम समूह आईएसले दक्षिणी इरानको केरमानमा एक समारोहमा दुईवटा विस्फोट गराएको दाबी गरेको थियो ।

शिया मुस्लिमको बाहुल्यता रहेको इरानमा सन् १९७८ पछिको यो सबैभन्दा घातक आक्रमण भएको उल्लेख गरिएको छ । गाजा पट्टीमा इजरायल र हमास प्यालेस्टिनी लडाकुबीच गत अक्टोबरमा युद्ध सुरु भएदेखि इजरायल र इरानबीच तनाव बढेको छ ।

गत अप्रिलमा इरानको सरकारी सञ्चारमाध्यमले तेहरान नजिकै तीन संदिग्ध आईएस सदस्यहरूलाई पक्राउ गरेको समाचार प्रकाशित गरेका थिए । (एएफपी)

प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्