नेकोले ल्यायो खेर नजाने यात्रा बीमा योजना


 


काठमाडौं ६ भदौ । देशको बीमा बजारमा विगत २८ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना ग्राहकहरुको सूविधालाई ध्यानमा राख्दै यात्रा बीमा योजना अन्तर्गत खेर नजाने यात्रा बीमा योजना ल्याएको छ ।

यस बीमा अन्तर्गत बिमितले आफ्नो देश बाहिर यात्रा गर्दा हूने विभिन्न प्रकारका अप्रत्याशित र आपतकालिन खर्चहरुको जोखिम बहन गरिन्छ ।

यस योजना अन्तर्गत बैदेशिक यात्रामा अनेकन सुविधाहरुको साथसाथै यात्राबाट स्वदेश फर्किदा समेत महिनौसम्म पनि थप स्वास्थ्य उपचार र दुर्घटना बीमाको सुविधा प्रदान गरिन्छ ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्