भ्रष्टाचार नियन्त्रण होहल्लाको विषय होइन : प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण सरकारको मौखिक प्रतिबद्धता मात्र नभएको बताएका छन् ।

प्रतिनिधिसभामा भएको प्रश्नउत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रण गर्न सरकारले लिएको नीति मौखिक प्रतिबद्धता मात्र नभएर व्यवहारमै उतार्ने र त्यसका लागि सवै निकायसँग समन्वय र सहकार्य गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताए । प्रधानमन्त्री ओलीले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए ।

तर भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले सरकारले यथार्थमा परिवर्तन ल्याउने काम गर्ने भन्दै सरकारले थालेका कामहरूबाट आशा जाग्न थालेको बताए ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्