प्रदेश तहबाट लाइसेन्स छाप्न दिने निर्णय भएको छ : मन्त्री दाहाल


 


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश तहबाट सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) छाप्न दिने निर्णय भएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिँदै उनले केन्द्रमा डाटा रहने गरी प्रदेशले पनि लाइसेन्स छापेर वितरण गर्न पाउने निर्णय भइसकेको जानकारी दिए ।

‘डाटा बेस केन्द्रमा आधार हुन्छ । प्रदेशले पनि लाइसेन्स छाप्न पाउने निर्णय भएको छ ‚’ उनले भने ।

साथै उनले राष्ट्रिय परिचयपत्रलाई ड्राइभिङ लाइसेन्स जोड्ने निर्णय भइसकेको पनि बताए । यसका लागि कार्य अघि बढिरहेको जानकारी दिए ।

‘राष्ट्रिय परिचयपत्र देखाएपछि देख्न सकिने ट्राफिकले पढ्न सक्ने खालको बनाउने काम भइरहेको छ । नागरिक एपसँग पनि क्युआर कोडसहित जोड्ने काम भइरहेको छ‚’ उनले भने ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्