त्रिविको जग्गा बाँडेर पार्टी कार्यालय बनाउन कांग्रेस र एमालेलाई अमरेशको चुनौती


 


काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति बाँडेर लिन सत्तारुढ दलहरूलाई चुनौती दिएका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

सांसद सिंहले त्रिभुवन विश्वविद्यालयलाई नेपाली कांग्रेस र नेकपा एमालेले जर्जर बनाएको आरोप लगाए।

सांसद सिंहले भने,‘त्रिविको दुर्दशा भएको छ । बरू कांग्रेस–एमालेले आधा-आधा बाड्नुस् र पार्टी कार्यालय बनाउनुस्। पढ्ने विद्यार्थीलाई विदेशमा लखेटेपछि अब ३३ सय रोपनी जग्गा दलको नामको दर्ता गरौं ।’

सांसद सिंहले त्रिविको सम्पत्ति बाँडेर पार्टी कार्यालय बनाउन कांग्रेस र एमालेलाई चुनौती दिए।

सांसद सिंहले भ्रष्टाचारमा ५ वर्षे हदम्याद लगाउने कुरा स्वीकार्य नभएको पनि बताए ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्