पहिलो हप्तामै स्त्री २ ले कमायो ४०० करोड भारु


 


नयाँ दिल्ली । बलिउड अभिनेत्री श्रद्धा कपुरको स्त्री २ यतिबेला भारतीय बक्स अफिसमा कब्जा जमाएर बसेको छ । फिल्ममाथि दर्शकहरूले पैसाको वर्षा गरिरहेका छन् ।

फिल्मले भारतमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरिरहेको छ । पहिलो हप्तामा फिल्मको कमाई ४०० करोड भारु भन्दा माथि पुगेको छ । फिल्म ५०० करोड क्लबतर्फ बढिरहेको छ ।

मेकरहरूले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार फिल्मले एक हप्तामा विश्वभर ४०१ करोड भारु कमाइरहेको छ । योमध्ये ३४२ करोड भारुको व्यापार भारतीय बक्स अफिसमा भएको बताइएको हो ।

विदेशको बक्स अफिसमा फिल्मको कमाई ५९ करोड भारु पुगेको छ । यो पोस्ट शेयर गर्दै श्रद्धाले दर्शकहरूलाई धन्यवाद भनेकी छिन् ।

पहिलो दिनदेखि नै फिल्मले दर्शकको भरपुर माया पाएको थियो । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज भएको फिल्मले ७० करोड भारुको ओपनिङ गरेर सबैलाई छक्क पारिदिएको थियो ।

छुट्टीका दिनको कारण पनि फिल्मलाई फाइदा भयो । दोस्रो दिनमा फिल्मले ३१ करोड ४० लाख भारु कमायो । तेस्रो दिन यसको कमाई ४३ करोड ८५ लाख भारु पुग्यो ।

चौथो दिन आइतबार फिल्मको कमाइमा पुनः उछाल आयो । उक्त दिन फिल्मले अर्को ५५ करोड ९० लाख भारु कमाएको छ ।

यसपछि फिल्म पाँचौँ दिन सोमबारको टेस्टमा फिल्म टपर साबित भयो । रक्षाबन्धन परेको पाँचौँ दिन फिल्मले ३८ करोड १० लाख भारु कमायो ।

यसपछि छैटौँ दिनमा फिल्मको कमाई २५ करोड ८० लाख भारु रह्यो । बुधवार अर्थात् सातौँ दिन फिल्मको कमाई १९ करोड भारु रह्यो ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्