आज पनि चार सयले घट्यो सुनको भाउ


 


काठमाण्डौ,माघ १४

आज फाइन गोल्डको मूल्य घटेको छ । हिजो प्रतितोला ५५ हजारमा कारोबार भइरहेको फाइन गोल्डको मूल्य आज प्रतितोलामा ४ सयले घटेर ५४ हजार ६ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्य पनि घटेको छ । हिजो ५४ हजार ७ सयमा कारोबार भइरहेको स्टाण्डर्ड गोल्डको मूल्य आज तोलामा ४ सयले घटेर ५४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोलामा ५ रुपैयँँले घटेर चाँदी प्रतितोला ७ सय ८५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्