भैँसीले गोठभित्रै मार्यो बाघ !


 


मकवानपुर, भदौ ६ । मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुरमा भैँसीले बाघ मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आज बिहान करिब ३ः१५ बजे स्थानीय बल बहादुर राईको गोठमा भैँसीसंगको संघर्षका बुढो बाघ मृत फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने भएकाले आज बिहान करिब ६ः१५ बजे निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले मृत बाघलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्