प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने


 


काठमाडौं, भदौ ६ । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसंग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने कार्यसूची छ ।

यस्तै बैठकमा विषयगत समितिमा हेरफेरलगायत कार्यसूचीसमेत छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ ।

सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउनेलगायत कार्यसूची छ ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्