कैलालीमा भारी वर्षा


 


काठमाडौं, भदौ ६ । कैलालीको बचिलामा अत्यधिक भारी वर्षा भएको छ ।

पछिल्लो एक घन्टामा ४३.२ (बिहान ६ः१५ बजे) मिलिमिटर वर्षा भएको छ । कैलालीकै बलियामा ३६.४ मिलिमिटर पानी परेको छ । बर्दियाको दौलतपुरमा २६.४ मिलिमिटर पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले कैलालीका विभिन्न स्थान भएर बग्ने पथरिया, कुलरिया, जमरा लगायत साना, ठूला खोलामा बाढीको जोखिम औंल्याएको छ ।

ती स्थानमा डुबानको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्