श्रीलंका जान अब भिसा नचाहिने (सूचीसहित)


 


काठमाडौं, भदौ ६ । अब नेपाली नागरिकलाई श्रीलंका जान भिसा नचाहिने भएको छ ।

श्रीलंकाले नेपालसहित ३५ देशलाई आफ्नो देशमा भ्रमण गर्नका लागि भिसा नचाहिने घोषणा गरेको हो ।

बुधवार राति श्रीलंकाका विदेशमन्त्री एमयूएम अलि साब्रीले सामाजिक सञ्जाल एक्समा भिसा नचाहिने देशको सूचि सार्वजनिक गर्दै नेपालसहित विभिन्न ३५ देशलाई भिसा फ्रि गरिएको घोषणा गरेका हुन् ।

श्रीलंका प्रवेश गर्न सूची सार्वजनिक गर्दै उनले लेखेका छन्– ‘भिसामुक्त शासनको दिशामा पहिलो कदम ।’

भिसा नचाहिने ३५ देशको सूचीमा नेपाल १२औं स्थानमा छ । यो सूचीको पहिलो नम्बरमा बेलायत, दोस्रो नम्बरमा जर्मनी, तेस्रो नम्बरमा नीदरल्याण्ड्स, चौथो नम्बरमा बेल्जियम तथा पाँचौं नम्बरमा स्पेन छ ।

यस्तो छ सूची :

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्