भाजपा नेता चौथाइवालेसँग परराष्ट्रमन्त्री राणाकाे दिल्लीमा भेटवार्ता


 


काठमाडौं ५ भदाै। भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजू राणा देउवाले भारतीय जनता पार्टीका नेता डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेकी छन् ।

बुधबार भारतको राजधानी दिल्लीमा उनीहरुबीच भेट भएको हो । भेटमा चौथाइवालेले परराष्ट्रमन्त्री भएकोमा राणालाई बधाइ दिएको बताइएको छ । यस अगाडि काठमाडौंमा राखी बाँधेका राणा र चौथाइवालेले यो साल त्यस्तो गरेको कुनै जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन । यद्यपी रक्षबन्धनका दिन राणा भारतमै थिइन् ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस. जयशंकरलगायतसँग राणाले भेट गरेकी छन् ।

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्