संगीत उद्योग संघमा प्रहरीकाे छापा, कागजात बरामद
काठमाडौँ । नेपाल संगीत उद्योग संघबाट प्रहरीले कागजात बरामद गरेको छ ।
अनामगरस्थित संघको कार्यालयबाट अनुसन्धानका लागि कागजात संकलन गरिएको मानव बेचविखन ब्युरोका एसएसपी ओम रानाले बताए । रानाले भने, ‘त्यहाँका कर्मचारीकै रोहवरमा अनुसन्धानका लागि कागजात लिन टोली गएको छ ।’
ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्युटर बरामद गरेको छ ।
नेपाल संगीत उद्योग संघका पदाधीकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सुचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार