२ करोडमाथि भ्रष्टाचार गर्नेलाई जन्म कैद गरौँ : सांसद कार्की


 


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले २ करोडमाथिको भ्रष्टाचार गर्नेहरूलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरेकी छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पाँच हजार भ्रष्टाचार गर्ने र अर्वौ भ्रष्टाचार गर्नेलाई उस्तै कारबाही हुन नहुने बताइन् ।

उनले भ्रष्टाचार नियन्त्रणमा राजनीतिक प्रतिबद्वता हुनुपर्नेमा जोड दिइन् । उनले भ्रष्टाचार मुद्दामा कुनै पनि हद म्याद राख्न नहुने माग गरिन । हदम्याद राख्यौ भने भ्रष्टाचार गर्ने ऐन हुन्छ।

उनले निजी क्षेत्रलाई अख्तियार मातहत राख्न नहुने बताइन् । सतर्कता केन्द्र भर्ती केन्द्र बनाउने काम भएकोमा पनि उनले आपत्ति जनाइन् ।

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्