आज यी जिल्लाका नदी तथा खोलामा बाढीको उच्च जोखिम


 


काठमाडौं, भदौ ५ । आज देशभर वर्षा भइरहेका कारण विभिन्न जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम बढेको छ ।

केही जिल्लामा मध्यम तथा भारी वर्षा भइरहेको र केही जिल्लामा दिउँसो र राति वर्षाको सम्भावना रहकाले नदी तथा खोलाहरुमा बाढीको जोखिम बढेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर र भक्तपुर आसपास भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको छ ।

काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बाग्लुङ, म्यादी, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपास भएर बहने अधिकांश नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने विभागले बताएको छ ।

संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रूकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भएर बग्ने केही स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्