कटुवा पेस्तोलसहित एकजना पक्राउ


 


झापा, भदौ ५ । झापाको अर्जुनधारा नगरपालिका–४ दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

मङ्गलबार राती प्रहरीले स्थानीय ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

घरमा अवैध रुपमा हातहतियार लुकाईछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडबाट खटिएको प्रहरी टोलीले आङ्देम्बेलाई घरबाट पेस्तोसहित नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका आङ्देम्बेलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खुल्ला सिमाको फाइदा उठाउदै सहजै रुपमा झापामा हतियार भित्रिरहेका छन् ।

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्