अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध


 


जुम्ला, भदौ ५ । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

गएराति आएको अविरल वर्षाले सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो खस्दा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको हो ।

बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ ।

विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्