माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि


 


काठमाडौं, भदौ ५ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ ।

बुधवार बागमती प्रदेशको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने बताइएको छ ।

क्रमशः अन्य प्रदेशमा पनि यस्तो बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्