रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, मुकुललाई हटाउने तयारी
काठमाडौं, भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
केन्द्रीय समिति बैठकका लागि रास्वपाले १० बुँदे एजेन्डा तय गरेको छ । आजको बैठकले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट बर्खास्त गर्ने तयारी रहेको बुझिएको छ ।
२५ असारमा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, कार्यवाहक प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त गरेको थियो । कारबाहीविरुद्ध ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगले यसमा निर्णय गरिसकेको छैन ।
प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार