महिला टी–२० विश्वकप बंगलादेशबाट यूएईमा सर्यो


 


काठमाडौं । महिला टी–२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ ।

आइसीसीले असुरक्षा लगायतको कारण देखाउँदै बङ्गलादेशबाट विश्वकप यूएई सारेको हो । बङ्गलादेशमा भएको आन्दोलनपछि कार्यक्रम स्थल परिवर्तन गरिएको हो ।

बङ्गलादेश सरकारले विश्वकप आयोजना गर्न अन्तिम समयसम्म प्रयास गरेको जनाएको थियो । तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायत लगायत देशले आफ्ना नागरिकलाई बङ्गलादेश जान रोक लगाएको छ ।

बीसीसीआईले विश्वकप आयोजनाका लागि आइसीसीको प्रस्ताव अस्वीकार गरेपछि यूएई, श्रीलङ्का र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रुपमा रहेका थिए ।

यूएईले यसअघि सन् २०२१ को पुरुष टी –२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो । १० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्