नाडा अटो शोमा केइले ३ ओटा मोडेल सार्वजनिक गर्ने
काठमाडौं ४ भदौ । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ ।
जस अन्तर्गत सहभागिता जनाउन केइ नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ । सहभागी मध्येबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नेछन् ।
केइ नेपालको सोसियल मीडिया फ्लोेवर्सहरूले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्नेछन् । यो क्याम्पेन भदौ ४ गतेदेखि भदौ १० गतेसम्म चल्ने बताइएको छ ।
प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार