भियतनाममा बाढीका कारण हजारौँ बालबालिका विद्यालय जानबाट वञ्चित


 


भियतनाम ४ भदाै । उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य  समुदायसँग अलग्गाएपछि हजारौँ बालबालिकाहरू विद्यालयको पहुँचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले  मङ्गलबार जनाएको छ ।

जुलाईको सुरुदेखि नै परेको भारी वर्षाले र उत्तर पश्चिमका पहाडी क्षेत्रहरू धेरै प्रभावित भएको जनाइएको छ ।  

बर्षाका कारण लगभग २९ हजार घरहरू क्षतिग्रस्त हुनुका साथै ९० हजार हेक्टर बाली नष्ट भएको भियतनामको सामान्य तथ्याङ्क कार्यालयले जनाएको छ । 

सेभ द चिल्ड्रेनका अनुसार सोन ला प्रान्तमा करिब १।३  मिलियन मानिस प्रभावित भएका छन्, भने बाढीले ग्रामीण इलाकामा पुल र सडकहरू क्षतिग्रस्त भएको जनाएको छ ।  

भियतनामका विपद् अधिकारीहरूका अनुसार यस क्षेत्रमा बर्षाका कारण ११ जनाको मृत्यु  हुनुका साथै करिब दुई हजार ६७० घर तथा २९ वटा विद्यालय भवनहरू क्षतिग्रस्त भएका छन् ।

सेभ द चिल्ड्रेनले सेप्टेम्बरमा विद्यालय फर्किन चार हजार ५०० बालबालिकाले सुरक्षा चुनौती सामना गर्नुपर्ने जनाएको छ ।

परोपकारी संस्थाका अनुसार सोन ला प्रान्तको एक विद्यालयका प्रिन्सिपल हा कङ मिन्हले विद्यालय जाने बाटो तथा  पुलहरू बर्षाका कारण क्षति ग्रस्त भएकाले बालबालिका विद्यालय  जानका लागि असहज भएको उल्लेख गर्नुभएको छ ।  

बाढीका कारण वर्षको पहिलो सात महिनामा करिब आठ करोड ५० लाख डलरको क्षति भएको भियतनामको तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्