कांग्रेसले ०८४ को निर्वाचनमा १६५ क्षेत्रमै उम्मेदवार उठाउँछ : महामन्त्री थापा


 


रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा सबै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार खडा गर्ने बताएका छन् ।

रुपन्देहीको भैरहवामा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले २०८४ को चुनावमा प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने आत्मविश्वास पार्टीसँग हुनुपर्ने बताए ।

महामन्त्री थापाले प्रतिनिधि सभाका १६५ क्षेत्रमा कांग्रेसले चुनावी तालमेल नगरी उम्मेदवार हुनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘१६५ निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाउँछ । ४० प्रतिशत भन्दा बढी मत ल्याएर पाँच वर्ष एक्लै सरकार चलाउँछ । त्यति आत्मविश्वास नराख्ने ?’

कांग्रेस कार्यकर्ताले पार्टीमाथि लागेका आरोप चिर्न नसकेको महामन्त्री थापाको भनाई छ ।

उनले आरोप चिर्न नसके यो गठबन्धन भ्रष्टाचारीलाई ढाकछोप गर्न बनेको भन्ने भाष्य निर्माण हुन सक्ने टिप्पणी गरे ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्