ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्न इरानको हात


 


वासिङ्टन डिसी । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी अमेरिकी गुप्तचर अधिकारीहरूले गरेका छन् ।

अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसबारे बयान जारी गरेका छन् । ‘इरानले अमेरिकी चुनावमा लोकतान्त्रिक संस्थाहरूमा कलह बढाउने र विश्वास कम गर्न हस्तक्षेप गर्ने निर्णय गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

इरानले सामाजिक इन्जिनियरिङ र अन्य प्रयासको माध्यमबाट दुवै राजनीतिक दलको राष्ट्रपति अभियानको साथमा यस्तो गर्ने प्रयास गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्नो आन्तरिक सञ्चार ह्याक गर्नु पछाडि इरानी ह्याकरहरूको हात रहेको हालै मात्र ट्रम्पको चुनावी अभियानले पनि बताएको थियो । तर ट्रम्पको चुनावी अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका थिए ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्