इमरान खानले दिए अक्सफोर्ड विश्वविद्यालयको कुलपतिका लागि आवेदन


 


इस्लामावाद । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् ।

इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । इमरान खानको निर्देशनमा आफूले ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्शन २०२४’ को लागि खानको आवेदन फारम बुझाएको उनले बताएका छन् ।

यसबारे अक्सफोर्ड विश्वविद्यालयले भने अहिलेसम्म केही पनि बताएको छैन । विश्वविद्यालयले अक्टोबरमा उम्मेदवारहरूको नाम घोषणा गर्न सक्नेछ । मतदान भने २८ अक्टोबरमा अनलाइनबाट हुनेछ ।

इमरान खानलाई व्यक्तिगत फाइदाका लागि गैरकानुनी रूपमा सरकारी उपहार बेचेकोलगायत धेरै कुराको आरोप लागेको छ । तर उनले भने आफूमाथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन् । संयुक्त राष्ट्र संघको प्यानलले हालै इमरान खानलाई मनमानी ढङ्गले कैदी बनाइएको बताएको थियो ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्