गुडिरहेको कारमाथि ढुङ्गा खस्यो


 


काठमाडौं । नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ ।

मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने ३ नं. पुलमा नारायणगढ तर्फ आउँदै गरेको बा एडी ८३२२ नम्बरको कारलाई माथिबाट ढुङ्गा खसेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कारमा ढुङ्गा लागे पनि मानविय क्षति भने भएको छैन । प्रहरीका अनुसार ढुङ्गा सानो रहेको र कारको अगाडिपट्टी बर्नट छेउमा लागेको हो ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्