बराण्डाबाट लडेर एकको मृत्यु


 


गुल्मी, भदौ ४ । गुल्मीमा घरको बराण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ ¥याले बस्ने अन्दाजी ३५ वर्षीय कमल कुमालको घरको बराण्डाबाट लडेर मृत्यु भएको हो ।

सोमबार टिनले छाएको तीन तले कच्ची घरको बिच तलामा जोडिएको बराण्डाबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेले जानकारी दिए ।

उनका अनुसार बराण्डामा रहेको आफू सुत्ने कोठामा सुत्न जाने क्रममा बराण्डाबाट तीन मिटर तल खसेर घटनास्थलमै निजको मृत्यु भएको हो । घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्