बजार हिँडेका व्यक्ति खोलामा मृत भेटिए


 


दाङ, भदौ ४ । दाङको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ४ को एकली खोलामा एक पुरुषको शव फेला परेको हो ।

उक्त शव बबई गाउँपालिका–३ का इन्द्रबहादुर भण्डारीको रुपमा पहिचान भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार उनी सोमबार घरबाट हापुरे बजार जान भनेर हिँडेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्