तीनवटा सवारीसाधन ठोक्किँदा एक युवतीको मृत्यु


 


बुटवल, भदौ ४ । रुपन्देहीको बेलबासमा तीनवटा सवारी साधन एक आपसमा ठोक्किंदा एक युवतीको मृत्यु भएको छ ।

सोमबार बेलुकी भएको दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठको मृत्यु भएको हो ।

लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेकी सुष्मालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको स्कुटर लु१च ६७८३ नम्बरको बोलेरो जिपमा ठोक्किएको थियो ।

सुष्मालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि मोटरसाइकल चालक मोटरसाइकलसहित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्