राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने


 


काठमाडौं, भदौ ४ । राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्रको पनि काम गर्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशकले हाल रहेका सवारी चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने काम सकिएको र तथ्याङ्क आदानप्रदानपछि त्यसको परीक्षणसमेत गरिएको बताए ।

सुरक्षा विशेषतासहितका मोबाइल फोनमा निश्चित सफ्टवेयरको प्रयोग गरी राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा लाइसेन्स परीक्षण गर्न मिल्ने छन् ।

सवारी चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने विषयमा गएको साउन ३० गते राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्