लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै


 


काठमाडौं, भदौ ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् ।

मंगलबार लुम्बिनी प्रदेशसभाको चौथौं अधिवेशनको २५औं बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची छ ।

आचार्य प्रदेशसभामा कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ ।

आचार्यलाई मत दिन नेकपा एमाले र नेपाली कांग्रेसले ह्वीप जारी गरेका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्