नेपाल प्रिमियर लिग मंसिरमा, लोगो सार्वजनिक


 


काठमाडौं ३ भदौ। नेपाल प्रिमियर लिग (एनपीएल) आउँदो मंसिर १५ गतेदेखि हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने तय भएको हो ।

क्यानले प्रतियोगिताको लोगो समेत सार्वजनिक गरेको छ । सोल्टी होटलमा एक कार्यक्रम गर्दै क्यानले प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्