समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै


 


काठमाडौं । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्ने भएको छ।

बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिनेछ।

यसअघि आइतबार बस्ने भनिएको बैठक स्थगित भएको थियो। साउन १ गते बसेको मोर्चाको बैठकले १५ दिनमा राजनीतिक दस्तावेज बुझाउन निर्देशन दिएको थियो।

तर एक महिना पुरा भइसक्दा समेत दस्तावेजले पूर्णता पाएको छैन।

प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्