परराष्ट्रमन्त्री राणाले आज मोदीसँग भेटवार्ता गर्ने


 


काठमाडौं, भदौ ३ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएकी छन् ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले आज प्रधानमन्त्री मोदीसंग भेटवार्ता गर्न लागेकी हुन् ।

देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोजसमेत आयोजना गरेका थिए ।

प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्