बझाङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु


 


बझाङ, भदौ ३ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुङ्गलका सई विरसिंह ठगुन्नाले जानकारी दिए ।

पहिरोमा पुरिएर वीरबहादुरकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्