तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु


 


रूपन्देही, भदौ ३ । रुपन्देहीको सियारी गाउँपालिका–७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

बाँके राप्ती सेनारी गाउँपालिका–५ घर भएका २३ वर्षीय माने सार्कीको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।

सोही ठाउँस्थित बिजुलीको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्