म्याग्दीमा धारिलो हतियार प्रहार गरि महिलाको हत्या


 


बेनी, भदौ ३ । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा आइतबार राति धारिलो हतियार प्रहार गरि महिलाको हत्या गरिएको छ ।

डाडागाउँको गलकोटमा ३५ वर्षीय दलबिर श्रीपालीले धारीलो हतियार प्रहार गरि सोही ठाउँकी ४३ वर्षीया बिना कुमारी बिकको हत्या गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

हत्यामा संलग्न दलबिरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राती नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

प्रहरीका अनुसार घटनास्थलमा बन्चरो, दाउ र हसिया फेला परेको छ । मृतकको टाउकोमा चोट लागेको छ ।

स्थानीयका अनुसार नाताले दिदीभाई पर्ने उनीहरुबीच केही समयअघि जग्गा किनबेचको बिवाद थियो ।

प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्