संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछानेले दिए राजीनामा
काठमाडौं २ भदौ। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा। डा। यादवप्रकाश लामिछानेले राजीनामा दिएका छन् ।
पदावधि सकिन एक महिना बाँकी हुँदा उपकुलपति लामिछानेले स्वास्थ्य अवस्थाका कारण काम गर्न नसकेको भन्दै २७ साउनमा राजीनामा दिएका थिए, जुन आइतबार स्वीकृत भयो ।
कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीसँग मतभेद बढ्दै जाँदा कुलपति .प्रधानमन्त्री)को दबाबमा लामिछानेले राजीनामा दिएको केही प्राध्यापक बताउँछन् ।
प्रकाशित मिति: २ भाद्र २०८१, आइतबार