बागमतीको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त


 


हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको हो ।

२५ वर्षदेखि निरन्तर कानुन व्यवसायीको रुपमा काम गर्दै आएका काफ्लेले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाज कल्याणमन्त्री लिला कोइरालाको सल्लाहकारसमेत भएर काम गरिसकेका छन् ।

प्रकाशित मिति: २ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्