परराष्ट्रमन्त्री राणा पाँच दिने भ्रमणका लागि भारत प्रस्थान


 


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेकी छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा निस्किएकी हुन् ।

उनी भिस्तारा एयरलाइन्सबाट केही बेरअघि भारतको नयाँ दिल्ली प्रस्थान गरेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

परराष्ट्रमन्त्री राणाको टोलीमा दक्षिण एसिया मामिला हेर्ने सह-सचिव भृगु ढुंगानालगायत अधिकारीहरू छन्।

मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल ,सह-सचिव अमृत राईलगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए।

भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन्।

दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्