एनएमबी लघुवित्तले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने
काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने भएको छ ।
कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक स्वामत्विबाट ६० प्रतिशतमा झार्ने र सर्वसाधारण समूहतर्फको सेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशतमा बढाउने भएको हो ।
उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई कम्पनीले जानकारी दिएको छ । सेयर घटबढ गराउनेसम्बन्धी प्रस्तावमा निर्णय हुँदा कम्पनीको ११ औं वार्षिक साधारणसभाले पास गरिसकेको छ ।
सेयर घटाउने बढाउने सम्बन्धमा आवश्यक प्रक्रिया जारी रहेको जनाएको कम्पनीले प्रक्रिया पुरा गरेपश्चात मात्र स्वामित्व परिवर्तन हुने समेत जानकारी दिएको छ ।
प्रकाशित मिति: २ भाद्र २०८१, आइतबार