चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते


 


रोल्पा, भदौ २ । रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।

जिल्लाको रोल्पा नगरपालिका–२ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि आइतबार बिहान ४ बजेतिर पहिरो खसेको हो ।

पहिरोमा परी रोल्पा नगरपालिका–१० धाङ्सी घर भई सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगरको मृत्यु भएको हो ।

दुर्घटनामा सुनछहरी गाउँपालिका–३ मौलावन घर भई सोही चर्चमा बस्दै आएकी १८ वर्षीया नौभा घर्ती मगर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्